Search
Monday 25 June 2018
  • :
  • :
Latest Update

इतिहासमा पहिलो पटक जनजाति महिला राष्ट्रपति बन्ने अबसर गुम्यो, भण्डारीले जितिन

इतिहासमा पहिलो पटक जनजाति महिला राष्ट्रपति बन्ने अबसर गुम्यो, भण्डारीले जितिन

काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् । राष्ट्रपति चयनका लागि मंगलबार निर्वाचन भएको थियो । वर्तमान राष्ट्रपति भण्डारीसँगै कांग्रेसकी कुमारी लक्ष्मी राई चुनावी मैदानमा थिइन ।

तर, वाम गठबन्धनकी उम्मेदवार भण्डारी दुई तिहाई बढी मतका साथ राष्ट्रपतिमा निर्वाचित भएकी छन् । भण्डारीले ३९ हजार २७५ मतभार पाइन् भने राईले ११७३० मतभार पाएकी छन् ।

भण्डारीलाई २४५ संघीय सासद र ४१५ प्रदेशसभा सदस्यले मत दिएका थिए । राईलाई भने ७८ संघीय सांसद र ११६ प्रदेशसभा सदस्यले मत दिएका छन् । तीन संघीय सांसद र ५ प्रदेशसभा सदस्यको मत भने दबर भएको छ ।

निर्वाचनमा संघीय संसदका ३३१ र प्रदेशसभाका ५३६ सदस्य मतदाता गरेका छन् ।

संघीय संसदका ५ र प्रदेशसभाका १४ सदस्यले पनि मतदान गरेनन्, जसमध्ये नयाँ शक्ति, नेमकिपा र विवेकशील साझा पार्टीले मतदान नगर्ने निर्णय गरेका थिए ।

संघीय संसदको एक सदस्यको मतभार ७९ छ भने प्रदेशसभा सांसदको मतभार ४८ छ ।

यस संगै नेपालको ईतिहासमा पहिलो पटक जनजाति महिला राष्ट्रपति बन्ने अबसर पाँच बर्ष सम्मलाई गुमेको छ । बाँकी भबिस्यले बताउने छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *