Search
Tuesday 18 December 2018
  • :
  • :

यस्तो देखियो नायिका अशिष्माको विवाह : चलचित्र क्षेत्र छोड्ने संकेत (भिडियो)

यस्तो देखियो नायिका अशिष्माको विवाह : चलचित्र क्षेत्र छोड्ने संकेत (भिडियो)

अभिनेत्री अशिष्मा नकर्मी विवाह बन्धनमा बाँधिएकी छिन् । नेपाली चलचित्र क्षेत्रकी सुन्दर नायिका अर्थात चलचित्र अर्धकट्टीकी नायिका तथा मोडल अशिष्मा नकर्मी हिजो बन्धनमा बाँधिएकी हुन्।

नायिका अशिष्माले मध्य बानेश्वरमा घर भइ हाल अमेरिकामा बस्दै आएका नबिन चन्द्र प्रधानसँग सोमवार लगनगाँठो कसेकी हुन्। सोमवार उनको विवाह नेवारी परम्परा अनुसार भएको हो। नायिका अशिष्माले मागी विवाह गरेकी हुन् र स्रोत अनुसार उनले आफ्नो भाइको साथीसँग विवाह गरेकी हुन्। नबिन चन्द्र प्रधान पेशाले चार्टर्ड अकाउन्टेन्ट हुन्।

एक हप्ताको चिनजानमा यी दुईले विवाह गर्ने निधो गरेका थिए। परिवारको इच्छा अनुसार नै आफूले मागी विवाह गरेको अशिष्माले बताइन्। उनले भनिन्, मलाई मागी विवाह नै गर्न मन थियो, बुवा आमाले भनेको गर्छु भनेकी थिए। विवाह पछि चलचित्र गर्ने सम्भावना कम भएको। विवाहपछि चलचित्र नगर्दा मेरो परिवार राम्रो हुन्छ भने म चलचित्र गर्दिन।

अशिष्माले अभिनय गरेको चलचित्र ‘मेला’ हालै सार्वजनिक भएको थियो भने ‘लाखे भाजुु’ नामक चलचित्र उनी आफैले निर्माण गरेकी छिन्।

 

 

 


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *