Search
Monday 25 June 2018
  • :
  • :
Latest Update

टिचर आइकन अफ द इयर २०१८” को ट्यालेन्ट राउण्ड सम्पन्न

टिचर आइकन अफ द इयर २०१८” को ट्यालेन्ट राउण्ड सम्पन्न

काठमाडौँ : ए.एन.पी. मेडिया हाउसले “टिचर आइकन अफ द इयर २०१८” को ट्यालेन्ट राउण्ड यहि २०७४ फल्गुन २६ गते शनिबार ग्रिन क्याफे एण्ड पार्टी प्यालेस कोटेश्वर, तीनकुन्नेमा सम्पन्न गर्यो । उक्त कार्यक्रममा नृत्य, गायन, वक्रत्वकला, नाटक र चित्रकला प्रस्तुत गरेका थिए ।

“टिचर आइकन अफ द इयर २०१८ का प्रतियोगितामा १४ जना प्रतिस्प्रधीहरु: अनिसा पोखरेल, सगुन खड्का, अनिसा देउला, युनिसा बजगाई, वृक्षा सिल्वाल, गोमा परियार, सलु चौधरी, सिरिन गुरुङ, मिना तामाङ, डोल्मा वाइबा, प्रकृति कार्की, श्रेता बलामी, ऐन्जलि चित्रकार, रोसनि राई, निर्मला पुरी, अस्मी शाक्य, दिपा मगर, सुमि महर्जन, शिस्मा आर्चाय, शान्ता कट्वालले भाग लिएका छन ।

भर्खरै सम्पन्न भएको “टिचर आइकन अफ द इयर २०१८” को ट्यालेन्ट राउण्डमा निर्णायक मण्डलमा कलाकार ज्योति काफ्ले (नक्कली बाबुराम), नायक आदित्य बुढाथोकी, गायिका रिता के.सी.,कलाकार नितु कोइराला, शिल्पी गुप्ता (गत वर्षको टिचर आइकन अफ इयरको विजेता), गायक श्रीकृष्ण लुइटेल (बोके दाह्री), गायक सीमान्त सन्तोष रहेका थिए ।

प्रतियोगिताका लागि छनौट युवा युवतीहरुलाई २५ दिन सम्म लामो विशेष प्रशिक्षण प्रदान गरिएको थियो भने जसमा नेपालका ख्याति प्राप्त ट्रेनर, सेलिब्रेटी कलाकार र चर्चित व्यक्तित्वहरु बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिइएको थियो ।यस सौन्दर्य प्रतियोगीताले सम्पुर्ण प्रतिस्प्रधी बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा प्रबन्ध निर्देशक लब बहादुर कार्की बिस्वस्त छन ।“टिचर आइकन अफ द इयर २०१८”को कोरियोग्राफी चर्चित कोरियोग्राफर अश्विनी झाले गरेका छन l “टिचर आइकन अफ द इयर २०१८को कार्यक्रम संयोजकमा शम्भु प्रसाद रेग्मी रहेका छन l


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *