Search
Saturday 15 December 2018
  • :
  • :
Latest Update

मङ्गलम हेरेर रुँदा रुँदा सुन्नीए दर्शकका आँखा, शिल्पा दङ्ग

मङ्गलम हेरेर रुँदा रुँदा सुन्नीए दर्शकका आँखा, शिल्पा दङ्ग

काठमाडौं । नेपाली फिल्म मङ्गलम यही शुक्रबार देखि प्रदर्शनमा आएको छ। छविराज प्रोडक्सनले निर्माण गरेको यस फिल्मका निर्माता छविराज ओझा र निर्मान्त्री शिल्पा पोखरेल हुन्। शिल्प यस फिल्मको नायीका समेत हुन्।

फिल्महरुमा अभिनय गरिरहेको भएतापनि निर्माताको रुपमा शिल्पाको यो पहिलो फिल्म हो। त्यसैले मङ्गलम लिएर उनले निकै मेहनत गरिरहेकी थिइन्।

त्यो मेहनतको फल उनले अहिले हलहरुमा पाइरहेकी छिन्। जसले उनलाई हर्षविभोर बनाएको छ। उनी दर्शकहरुको प्रतिक्रिया बुझ्न आफै हलहरुमा पुगेकी थिइन।

शिल्पाले प्रतिक्रिया लिएका धेरै दर्शकहरुले फिल्म एकदमै राम्रो बनेको बताएका छन्। कतिले आँशु पुछ्दै बाहिर निस्किएका देखिन्थे भने कतिका त रुँदा रुँदा आँखा सुन्निएक समेत थिए।

त्यस्तै केही दर्शकहरुले शिल्पालाई प्रत्यक्ष रुपमा बधाई, शुभकामना र धन्यवाद समेत दिए। दर्शकको यो मायाले मंगलम की निर्मात्री तथा अभिनेत्री शिल्पा दङ्ग देखिन्थिन्।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *