Search
Wednesday 16 January 2019
  • :
  • :

तपाईको टाउकोमा चाया परेर सताएको छ ? – यसो गर्नुस् फेरी कहिलै आउने छैन चाया

तपाईको टाउकोमा चाया परेर सताएको छ ? – यसो गर्नुस् फेरी कहिलै आउने छैन चाया

खुला लहराउदो रेसमी चम्किलो कपाल कसलाई पो मन पर्दैन होला र ? तर आजकालको भागम् भाग जिन्दगीमा हजारौ जिम्मेबारिको बिचमा समय निकालेर कपाल लाई ध्यान दिन पनि गाह्रो नै हुन्छ ।

फलस्वरूप हाम्रो कपाल डल, रुखो र सेतो समेत हुने गर्दछ । यसैमा अर्को समस्या थपिन्छ चायाको रुपमा । चाया किन आउछ भनेर त हामी पहिले पनि छलफल गरी सकेका छौ, शायद तपाईंहरुलाई याद नै होला ।

यदी हेर्नु भएको छैन भने हेर्नुहोस : किन पर्छ त टाउकोमा चाया : यि हुन ५ कारण

आज हामी समस्या को समाधान पनि खोजेर तपाईं हरु माझ पस्किने कोशीस गरेका छौ । आसा छ यसले तपाईंहरुलाई चायाको समस्या बाट मुक्ती दिनेछ भने तपाईंहरुले हामीहरुलाई धन्यवाद दिनुहुनेछ ।

चाया बाट मुक्ती पाउन यो गर्नु पर्छ र त्यो गर्नु पर्छ भन्ने त धेरै भेटिन्छन् तर किन काम गर्दैनन त ति तरिकाहरुले ? के तपाईंले एक्पल्ट सोच्नु भएको छ ? अवस्य पनि सोच्नु भएकै छैन होला या तपाईंले भन्नु भएको होला कि यसो त सबैले भन्छन तर यि कुरा भन्नको लागि मात्र हो काम गर्दैन । यदी तपाईं यसो

सोच्दै हुनुहुन्छ भने तपाईं सायद् गलत पनि हुनुहुन्छ । हजुर तपाईं सहि पढ्दै हुनुहुन्छ । किनकी यिनै सबैले भन्ने कुरा भित्रनै लुकेको छ चायाको समाधान । हजुर चाया बाट मुक्ती पाउन धेरै कसरत गर्नु पर्दैन न त धेरै धन खर्छ गर्नु पर्छ । तपाईं हाम्रो दैनिक खर्च भित्रनै यसको समाधान हुन्छ र धेरै दु:ख पनि गर्नु पर्दैन ।

त्यसो भए किन समाधान हुँदैन त चाया को ? सायद तपाइ यही सोच्दै हुनुहुन्छ । होइन त ? त्यसको पनि उत्तर छ “तपै-हामीले चायाको समाधान गर्न नसक्नुको एउटै कारण छ – हामीले तरिका सहि अपनाएनौ” ।

हो हामीले पक्कै पनि समाधान को तरिका गलत अपनाएका छौ र त हाम्रो चाया निरन्तर फर्केर आएको छ । त्यसैले सहि समाधान गर्न सबैभन्दा पहिले तपाईंले तपाईंको चाया को प्रकार पत्ता लगाउनु अत्याबस्यक हुन्छ । त्यसैले यहाँ पहिले हामी हेरौ चायाका प्रकार:

चाया चार प्रकार को हुन्छ ति हुन:
-साधारण चाया : सामान्य चाया सबै मौसममा उस्तै रहन्छ । सामान्यतया मौसम को कुनै असर नहुने र जाडो होस् वा गर्मी सधैं उस्तै प्राकारले चाया आउछ भने तपाईंको चाया सामान्य चाया हो ।

-अयली चाया : अयली चाया आउने ब्यक्तिहरुको टाउकोमा हमेसा चाया आउछ र प्राय चाया हल्का भिजेको जस्तो हुन्छ । जाडो होस वा गर्मी अयली चाया आउने मान्छेको टाउकोमा हमेसा स-साना पसिनाको थोपा हुन्छ । रौ को जरामा पसिनाको बास हुन्छ ।

-ड्राइ चाया : ड्राइ वा सुख्खा चाया आउने मान्छेहरुको चाया प्राय निस्केसकेपछी तल झर्न थालदछ भने रौ को टुप्पो तिर पनि चाया देखिन थालदछ । यस्तो चाया सुख्खा हुन्छ र त्यस्ता ब्यक्तिहरुको टाउकोको चाला पनि सुख्खा हुन्छ ।

-फिक्सी चाया : फिक्सी छाया नाम जस्तै कपालको सतहमा जमेर बसेको हुन्छ । यो धेरै लेयर बनाएर पनि बस्न सक्दछ । जब चाया परेको ब्यक्तिको कपाल कोरिन्छ त यो चाया बल्ल आउछ । यो चाया को एक्स्ट्रिम रुप हो पनि भन्दाछन बिग्यहरु ।

यि त भए चाया का चार प्रकारहरु । अब तपाईंले जान्नु पर्ने कुरा के छ भने तपाईंले चायाको समाधान गर्दा आफ्नो चायाको प्रकार अनुसार गर्नुभयो भने समाधान अवस्य मिल्नेछ । यता-उता गर्नुको साटो आफ्नो चायाको प्रकार जानेर तल दिएको बिधी अनुसार समाधानको उपाए गर्नुभयो भने तपाईंको चाया गायब हुनेछ ।

समाधान का उपाएहरु:
-साधारण चाया : यदी तपाईंलाई साधारण प्रकारको चाया छ भन्ने प्रस्ट भयो भने तपाईंले श्यामपुको प्रयोगमा कमी ल्याउनुहोस । यो चाया साबुन तथा श्यामपु को कारणले गर्दा बढ्न जान्छ । हप्तामा एक्पल्ट भन्दा बढी श्यामपु नगरनुहोस् र साबुन को प्रयोग त बन्द नै गरिदिनुहोस् । साथै तपाईंले कपाल लाई घाम तथा धुलो बाट पनि टाढा राख्नु पर्दछ । सम्भव भए सम्म बाहिर निस्कदा कपाल लाई कुनै कपडाले कभर गर्नुहोस् ।

-अयली चाया : यो चाया नियमित रुपमा राम्रो श्यामपुको प्रयोग गर्दा र कपाल सफा राख्दा समाधान हुन्छ । यस्तो चाया भएका ब्यक्तिहरुले कपालमा तेल को प्रयोग काम गर्नु उपौयुक्त हुन्छ ।

-ड्राइ चाया : ड्राइ वा सुख्खा चायाले हैरान हुनुहुन्छ ? त्यसो हो भने तपाईंले कपालमा राम्रो सँग आमलाको तेल लागाएर २ घण्टाजती यसै छोड्नुहोस् । त्यसपछी टावेललाई मनतातो पानीमा भिजाएर कपाल लाई राम्रो सँग कभर गर्नुहोस् । यसले कपाल लाई स्टिम दिन्छ र तेल स-साना छिद्रबाट छालामा छिर्छ ।
यसले कपालमा सुद्ध हाबाको प्रबाह गर्न पनि सहयोग गर्दछ । यसको नियमित प्रयोगले तपाईंको टाउकोको छाला पनि नरम गर्दछ र सुख्खा चायाको समस्या समाधान हुन्छ ।

-फिक्सी चाया : अगाडि भने जस्तै यो चाया त्यती सजिलो चाया होइन । यो भिभिन्न काराणले आउछ जुन जटिल पनि हुन सक्दछन । त्यसैले यस्तो चाया छ भने राम्रो चर्मरोग बिशेषज्ञको सल्लाह लिनु उपयुक्त हुन्छ । जथाभाभी औषधीको प्रयोग नगर्नुहोला ।

तपाईंले जान्नु जरुरी छ कि सबै मान्छेहरु उस्तै नभए जस्तै सबैको कपालको टेक्चर पनि फरक्-फरक हुन्छ । त्यसैले सबैजनालाई एउटै श्यामपु उपयुक्त हुँदैन । त्यसैले आफ्नो कपालको टेक्चर अनुसारको श्यामपु मात्र प्रयोग गर्नुहोला ।
र, यो पनि पढ्नुहोला !

– सर्वप्रथमतः छायाले हैरान लगाएको छ भने, चर्मरोग विशेषज्ञको सल्लाह लिनु उपयुक्त हो ।
– चाया हटाउन विभिन्न एन्टी डेन्ड्रफ सेम्फूहरु हुन्छन् । तिनको उचित प्रयोगले चाया हराउन सक्छ ।
– कुनै सेम्फूमा जिंक पैरिथियोन, केटाकोनाजोल नामक फंगस नासक औषधि राखिएको हुन्छ भने कुनै सेम्फूमा पाप्रा बन्न नदिने कोल टार, सेलिसैलिक एसिडजस्ता औषधि राखिएको हुन्छ ।

– सेम्फू छान्दा केटोकोनाजोल, सेलेनियम सल्फाइड, जिंक पैरिथियोन, सेलिसिलिक एसिक, कोल टार, टि–ट्री ओयलजस्ता औषधियुक्त सेम्फू छान्नुपर्छ ।
– विभिन्न प्रकारका सेम्फूमध्ये आफूलाई उपयुक्त हुने सेम्फू छानिसकेपछि कम्तिमा एक महिना नियमित लगाउनुपर्छ । सुधार भएन भने सेम्फू बदल्न सकिन्छ । यसका लागि चर्म रोग विशेषज्ञको सल्लाह लिनु उपयुक्त हुन्छ ।

– चाया हराइसकेपछि प्रयोग गरिरहेको सेम्फू लगाउन छोड्दा फेरि आउने सम्भावना रहन्छ ।
– सेम्फूमा दिइएको लगाउने तरिका राम्रोसँग पढ्नुपर्छ र त्यही अनुसार उपयोग गर्नुपर्छ ।
– सेम्फू प्रयोग गर्नुभन्दा पहिले पाप्राहरु उप्काउनुपर्छ ।
– सेम्फू कम्तिमा पाँच मिनेटसम्म लगाउनुपर्छ । चाया नियन्त्रण नहुन्जेल दिनहँु तथा नियन्त्रण भइसकेपछि हप्तामा दुई–तीन पटक प्रयोग गर्नु उपयुक्त हुन्छ ।
– सेम्फू लामो समयसम्म प्रयोग गरिसकेपछि सेम्फू प्रभावशाली नहुन पनि सक्छ । यस्तो अवस्थामा सेम्फू बदल्नु उचित हुन्छ ।
– व्यक्तिगत सरसफाइमा उचित ध्यान दिनुपर्छ ।
– स्वस्थ छालाका लागि भिटामिनयुक्त साग–पात तथा फलफूल प्रसस्त मात्रामा खानुपर्छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *