Search
Wednesday 16 January 2019
  • :
  • :

सेक्स गरेको सपना देख्नुको अर्थ के होला ?

सेक्स गरेको सपना देख्नुको अर्थ के होला ?

सपना एउटा यस्तो माध्यम हो । जसले मानिसको मानसिक स्थिती कस्तो छ भनेर मुल्याङकन पनि गर्न सकिन्छ । मानिसले आफनो जीवनमा भईरहेका वा मन र मतिष्कमा डेरा जमाएर बसेका कुराहरु नै प्राय राती सुत्दा सपनाको माध्यमबाट पुन आफैमा महसुस गर्न सकिन्छ । तनाव होस वा खुसी ती सब चिजहरु हामी सपनामा देख्ने गर्छौँ भन्ने विश्लेषणहरु पनि पाईन्छ ।

 

ती मध्ये हरेकको लागि एउटा अभिन्न भाग जस्तै बनेको हुन्छ सपनामा परिचित वा अपरिचित महिला वा पुरुषसँग सेक्स गरेको सपनाहरु देख्नु । हरेक सपनाको फल छुट्टा छुट्टै भएजस्तै सपनाको पनि केही अर्थ हुन्छ । सेक्सको सवालमा राती सपनामा सेक्स गरेको देख्नुको अर्थ के हुन्छ होला थाहा छ ???? आउँुनस जानौँ त्यस्ता सपनाको अर्थ ।

१) पूर्व प्रेमीसँग सहवास गरेको सपना :

यदि तपाइँले आफ्नो पूर्व प्रेमीसँग सम्भोग गरेको सपना देख्नुभयो भने यसको अर्थ पूरानो ब्वाइफ्रेन्डसँग तपाइँको सेक्स लाइफ निकै राम्रो थियो भन्ने हुनसक्छ । तपाइँले देखावटी रुपमा अहिलेको प्रेमीलाई मन पराउनुभएको भए पनि मनमा पूरानो प्रेमीले नै लोभ्याइरहेको छ भने तपाइँले ऊ सँग सम्भोग गरेको सपना देख्नसक्ने सम्भावना बढी हुन्छ ।

२) पति वा प्रेमीसँग सहवास गरेको सपना  :
यदि तपाइँले सपनामा आफ्नो पति वा प्रेमीको साथ सहवास गरेको सपना देख्नुभयो भने यसका दुई अर्थ हुनसक्छन् । या त तपाइँको पति वा प्रेमीसँगको सम्बन्ध प्रगाढ छ, या त तपाइँले पति वा प्रेमीबाट चाहानुभएको सन्तुष्टि पाइरहनुभएको छैन ।यस्तो सपना देख्नुले तपाइँ आफ्नो नयाँ प्रेमीसँग सन्तुष्टिका साथ सहवास गर्न पाउनुभएन वा नयाँ प्रेमीसँग पनि खटपट हुनथालेको छ भन्ने प्रष्ट हुन सक्छ ।

३) प्रेमीसँग बिछोड भएको सपना 
प्रेमीसँगको विछोड भएको सपना देख्नुभयो भने यसको अर्थ तपाइँले आफ्नो प्रेमीसँग संवेगात्मक निकट सम्बन्ध र बढि समय चाहनुभएको छ तर त्यो पाइरहनुभएको छैन भन्ने हुन्छ । सम्बन्धमा खटपट आएको वा निकट भविष्यमा आउने ठूलो परिवर्तन वा घटनाको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा चिन्तित रहेको बेलामा पनि प्रेमीसँग बिछोड भएको सपना देखिने यौनमनोविज्ञहरुले बताएका छन् ।

४) चर्चित नायकसँग सहवास गरेको सपना 
तपाइँले कुनै चर्चित हिरोसँग सहवास गरेको सपना देख्नुभयो भने यसको अर्थ तपाइँले आफ्नो प्रेमी वा पतिमा अरु केही कुरा खोजिरहनुभएको छ भन्ने देखाउँछ । हिरोको सफलता र खुबीसँग आफ्नो प्रेमी वा पतिलाई दाँजिरहनु भयो भने तपाईले यस्तो सपना देख्ने सम्भावना बढी हुन्छ ।-एजेन्सीको सहयोगमा


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *