Search
Friday 14 December 2018
  • :
  • :
Latest Update

मेरो रहर होइन ! कृष्ण भण्डारी “काईलो”


मेरो रहर होइन !
—————-
श्रीमतीले भनिन् दारीमा कालो हाल्नु
सृष्टिको प्राकृतिक रुपलाई कसले छेक्ने
दारी सेतो देखिनु
कपाल फुलेको देखिनु
दांत कोत्रिएको देखिनु
ढाड कुप्रिएको देखिनु
गाला चाउरिएको देखिनु
मेरो के गल्ति छ र ?
मेरो रहर पनि त होइन !
म त तरुण रहन चाहन्छु
तर खै कहाँ सक्छु र !
मेरो वशमा केनै पो छ र !
आँखाको रोसनी सकिदै जानु
श्रवन शक्ति हराउनु
अल्पगति मै स्वाँ-स्वाँ हुँनु
मेरो के प्रधानता छर ?
परमेश्वर हिउँलाई भन्नुहुन्छ,
‘पृथ्वीमा झर्,’ तब झर्छ
बर्षालाई आज्ञा गर्नुहुन्छ
‘मुसलधारे वृष्टि होऊ’
तब बर्सिन्छ
परमेश्वरको सासले बरफ बनिन्छ,
मेरो सम्पूर्ण बहस उहाँकै अगि छ
उहाँको दृष्टिमा जून चहकिलो छैन,
ताराहरू निर्मल छैनन्‌
घामको तापक्रम उहाँकै हातमा छ
जीवनका दिनहरू तोकिएका छन्
मैले मेरो हकमा
जीवन निर्धारण गर्न
मृत्युलाई नाघ्न सक्दिन
म जेछु त्यहि छु
सेतो दारी र सेतो कपालमा छु |

कृष्ण भण्डारी “काईलो”


Loading...


2 thoughts on “मेरो रहर होइन ! कृष्ण भण्डारी “काईलो”

Leave a Reply

Your email address will not be published. Required fields are marked *