Search
Friday 14 December 2018
  • :
  • :
Latest Update

आखिरीमा दोसीको हो त?

बहादुर वालीङ राई

कुरा कस्को पत्याउनु? एउटाले त्यो चोर भन्छ अर्कोले यो भन्छ। सत्य तितो हुन्छ, भूटानी शरणार्थीलाई मध्याम त बनाएकै हो बिबाहको नाटक गरेर अमेरीका सम्म आउने र पारपाचुके गर्ने, जीवानको कुनै शैली नमिलेर होईन उद्देश्य नै त्यस्तै लिएर आएका हुन्छन्, औलामा गन्न सकिने बाहेक। बिबाहमा एउटै देशको, एउटै परिवेशको जोडीहरू हुनुपर्छ भन्ने होईन तर स्वार्थको लागी गरीनु चै छालाको ब्यापर गरे बराबरी हो। हाम्रो नेपाली मित्रहरूले भूटानीहरूसँग बिबाह गरेर सुमधुर जीवान देखी दुई समाजहरू बिच सुन्दर सम्बन्धको निर्माण गर्नु त वास्तवमै राम्रो कुरा हो। हामीहरू जतिखेर शिविरको छाप्रामा थियौ त्यतिखेर पनि हामीलाई सबैले हेप्ने दृष्टिले हेर्दैन थिए, बिभिन्न काम देखी लिएर शिक्षाको क्षेत्रामा पनि हाम्रै पहुच थियो गर्व गर्नु पर्छ सम्झिएर। हामी काम नलाग्ने कहिलै भएनौ, हामी हजारौको सँख्यामा थियौ तर बेरोज़गार भएनौ किन की हामीले बेरोजगार हुन चाहेनौ। म त अझ नेपाली दाजु-भाई चेली-बेटीलाई भन्ने गर्छु आउनुस हातमा हात मिलाउनुस् सच्चा मन लिएर आउनुस् हामी नेपालको नभएता पनि नेपालित्व छ। भूटानी शरणार्थीले तपाईको देशमा अलिकती भए पनि अर्थ सहयोग गरेको छ। सच्चा मन लिएर आउनुस् आफन्त बनेर आउनुस्, सामाजिक सन्जाल भरी होहल्ला बनेर नआउनुस् यस्ले भोली हाम्रो दुरी लम्ब्याउन सक्छ।।।


Loading...


2 thoughts on “आखिरीमा दोसीको हो त?

  1. Ashish

    thagi khane jati le yo Venda ramro ta k nai sikeko xa ra!
    Aaphnu sirimoti lai bihay garayara US pathayako ghatana samma xa yaha!
    Nepal Ko gariv harusanga samandha gasnuhos, yasta hi profile sosak haru sanga hoina, yini harulai daya garnuhos maya hoina. Gariv harulai dubai garnuhos.

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *